Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली यौनजन्य औषधी उत्पादन तथा बिक्री वितरण गर्ने तीन जना पक्राउ


१४, मंसिर २०८१
  • 165
    SHARES
  • नक्कली यौनजन्य औषधी उत्पादन तथा बिक्री वितरण गर्ने तीन जना पक्राउ

    काठमाडौँ । नक्कली यौनजन्य औषधी उत्पादन तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-२ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-११ बस्ने ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेका छन् ।

    उनीहरूले यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडीबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरी कुनै साइड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्वसाधारणमा भ्रम सिर्जना गरी बिक्री वितरण गर्दै आइरहेका थिए ।

    केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले भक्तपुर गट्ठाघरस्थित स्टोर संचालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका सञ्चालक डिल्ली प्रसादलाई पक्राउ गरेको थियो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend