Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल डेरी एसोसियसनको २६ औ स्थापना दिवस बुटवलमा मनाइने


६, माघ २०८१
  • 124
    SHARES
  • नेपाल डेरी एसोसियसनको २६ औ स्थापना दिवस बुटवलमा मनाइने

    रुपन्देही . ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा जम्मा भएका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताए । उद्योगीहरुको हकहितमा अग्रसर संस्थाको सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान, उत्कृष्ट किसान सम्मान, युवा ब्यवसायी सम्मान गरिने उनले बताए । दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी गराए ।

    निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले दाबी गरे । ‘हामीले वार्षिक २ अर्ब राजश्व तिर्दै आएका छौ ।’उनले भने । डेरीको मुद्याका बारेमा आफुहरु निरन्तर संस्थागत रुपमा लागेको उनले बताए । एक अर्को प्रशंगमा उनले आफुहरु सधै डेरी उद्योग र किसानको पक्षमा रहेको दाबी गरे । केही उद्योगहरुले कुनै बेला एकलौटी दुधको मुल्य घटाउने कुरा गरिरहदा आफुहरु बिरोध गरेको तर्क दिदै उनले बरु दुधको लागत घटाउने विषयमा आवाज उठाउदै र समाधानको पाटोमा लागेको दाबी गरे । ‘हामी मिल्क होलि डे को पक्षमा छौनउ । बरु दुधजन्यपदार्थको स्टोर हुने गरि बिकल्प निकालिरहेका छौ ।’ उनले भने । नेपालमा उपभोक्ताको खानाखाने बानी (फुड हेबिट) को कारण खपतमा प्रभाव पार्ने गरेको उनले बताए । सरकारबाट ४ उद्योगलाई प्रति लिटर २५ रुपैयाका दरले अन्तशुल्क करको बक्यौता लगाएर गलत गरेको उनले बताए । 

    कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७।९ प्रतिशत रहेको बताए । प्रदेशमा उत्पादित कुल दुधमध्ये १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट बजारमा आउछ भने ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत बिक्री वितरण हुदै आएको छ भने ५० प्रतिशत दुध घरमा नै खपत हुनेसमेत बताए ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरुको उपस्थितिमा दुग्ध क्षेत्रको बारेमा वृहत अन्तरक्रिया गरिने उनले बताए । घरेलु, साना, मझौला र ठूला डेरी गरि २७० जना ब्यवसायीहरु एसोसियसनमा दर्ता रहेको महासचिव हेमराज खनालले बताए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend