Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप तेस्रो खेलमा आज नेपालले अस्ट्रेलियासँग खेल्दै


९, माघ २०८१
  • 161
    SHARES
  • आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप तेस्रो खेलमा आज नेपालले अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं, ९ माघ । निकै चर्चाको शिखरमा रहेको आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ ।

    नेपाल र अस्ट्रेलियाबीचको यो खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।


    नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ ।

    नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

    नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघिको विश्‍वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्‍वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन् ।

    आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।

    अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।यो खेख निकै रोचक र चुनौती पनि छ । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend