Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अदालतको आदेशलाई बेवास्ता गरेको भन्दै हमालले दिए राजीनामा


१८, माघ २०८१
  • 1,298
    SHARES
  • अदालतको आदेशलाई  बेवास्ता गरेको भन्दै हमालले दिए राजीनामा

    दाङ । जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष राजकुमार पोख्रेल हमालले पदबाट राजिनामा दिएका छन् । 

    अदालतको अन्तरिम आदेशलाई समेत बेवास्ता गरी प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास समितिले हालसम्म पनि कुनै चासो नदेखाएको भन्दै अध्यक्ष हमालले पदबाट राजिनामा दिएका हुन् । 

    नियमावलीले तोकिए बमोजिम ४ वर्ष कार्यकालका लागि प्रदेश खेलकुद परिषद लुम्विनिको मिति २०७९/०३/१९ को निर्णय अनुसार मिति २०७९/०३/१९ देखि २०८३/०३/१८ गते सम्म कार्यकाल रहने गरि म समेतलाई नियुक्त गरिएकोमा कार्यकाल बाँकी रहि रहेको अवस्थामा प्रदेश खेलकुद परिषद लुम्बिनीको मिति २०८१/०२/१८ को निर्णय बमोजिम दाङ जिल्ला खेलकुद विकास समिति समेतलाई विघटन गर्ने निर्णय थियो ।

    यस उपर अध्यक्ष हमालले उच्च अदालत तुलसीपुरमा रिट नं.०८१-८०-००३६ को उत्प्रेषण समेतको मुद्दा मिति २०८१/०८/०४ मा दर्ता गरि मिति २०८१/०८/०५ अन्तरिम आदेश हुदा विघटन गर्ने मिति २०८१/०२/१८ को निर्णय कानुन विपरित भएकाले मेरै अध्यक्षताको समितिलाई कामकाज गर्न दिनु भनि अन्तरिम आदेश दिए पनि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद वेखवर भई चासो नदेखाएका कारणले आफुले आफ्नो पदवाट राजिनामा दिएको र राजिनामा स्विकृत गर्न प्रदेश खेलकुद परिषद लुम्विनी प्रदेशलाई आग्रह गरेका छन् ।

    IMG-20250131-WA0002.jpg

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend