Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशमा हुने पाँच दिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा


२१, माघ २०८१
  • 176
    SHARES
  • बङ्गलादेशमा हुने पाँच दिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा

    काठमाडौँ । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ ।

    अखिल नेपाल कबड्डी सङ्घले हिजो १५ सदस्सीय टोली घोषणा गरेको हो । टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ । टोलीको कप्तानी घनश्याम रोका मगरले नै गर्नेछन् ।

    टोलीमा नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन् । घनश्यामसँगै रामु टमाटा पनि टोलीमा समेटिएका छन् ।

    रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमाण्डौ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि जितेको थियो ।

    टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन् । यस्तै, उपविजेता काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन् ।

    उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् ।  वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन् ।

    सङ्घका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशका विभिन्न शहरमा हुने तय छ । तर, खेल खेलाउने ठाउँ भने अझै टुङ्गो लागेको छैन  । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend