Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्तारुढ दलको गुल्मी जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठक सम्पन्न


२१, माघ २०८१
  • 244
    SHARES
  • सत्तारुढ दलको गुल्मी जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठक सम्पन्न

    गुल्मी । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गुल्मी जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठक सम्पन्न भएको छ ।

    नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बसेको जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठकले केन्द्रीय सत्ता गठबन्धनको मर्म अनुसार जिल्लाको सबै तहमा नेपाली कांग्रेस र नेकपा (एमाले) को संयन्त्र गठन गरी संयुक्त रुपमा बैठक गर्ने निर्णय गरेको हो ।

    नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको सभापतित्वमा आइतबार भएको बैठकमा सहभागी नेताहरुले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धनले नेपालमा राजनैतिक स्थिरताको वातावरण तयार भएको साझा धारणा व्यक्त गर्नुभएको थियो । कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि  कांग्रेस एमालेको जिल्लास्तरीय संयन्त्रको बैठक औपचारिक रुपमा पहिलो पटक भएको हो ।

    बैठकमा जिल्लाको समसामयिक विषयमा विस्तृत छलफल भएको नेपाली कांग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले जानकारी दिनुभयो । देशका दुई ठुला दलबीचको गठबन्धनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन यस जिल्लाका १२ वटै पालिकामा पालिकास्तरका संयन्त्र गठन गरी विभिन्न गतिविधिमा समान धारणा बनाएर अगाडि बढ्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    जिल्ला भित्रका विभिन्न समस्यालाई साझा समस्याका रुपमा लिएर छलफलद्वारा समाधान गरिने बताइएको छ । जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठकले गुल्मीमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने भन्दै नेकपा (एमाले) गुल्मीका सचिव धर्म विश्वकर्माले समग्र जिल्लाको विकासमा हातेमालो गरेर अगाडि बढ्न सहज हुनेभएको बताउनुभयो । संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्ने भएको छ । दुई दलले एक(एक महिना पालोपालो संयन्त्रको संयोजन गर्ने भएका छन् ।

    जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठकमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराई, नेपाली कांग्रेस गुल्मीका उपसभापति शिव बहादुर खत्री, नेपाली कांग्रेस गुल्मीका सचिव भगत सिंह खड्का, नेकपा (एमाले) का केन्द्रीय सदस्य जंग नेपाली, नेकपा (एमाले) गुल्मीका अध्यक्ष बाल सिंह काउछा र नेकपा (एमाले) गुल्मीका सचिव धर्म विश्वकर्माको उपस्थिति रहेको थियो ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend