Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्जुन ट्रफी क्रिकेट : बुटवलको विजयी सुरुवात


२२, माघ २०८१
  • 171
    SHARES
  • अर्जुन ट्रफी क्रिकेट : बुटवलको विजयी सुरुवात

    काठमाडौँ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले हरायो ।

    बुटवलले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४ ओभर ५ बलमा १ सय ६ रनमा अलआउट भयो । बैतडीका वसन्त खत्रीले सबैभन्दा धेरै २० रन बनाए । बुटवलका तुलबहादुर थापाले ३ विकेट लिए ।

    यसअघि धनगढीमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनायो । बुटवलका दीपक डुम्रेले ४५, आरिफ खानले ४१ रन बनाए । बैतडीका भुवन कार्कीले २ विकेट लिए ।

    यो जीतसँगै बुटवल २ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ । लगातार २ खेल हारेको बैतडी तेस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र डीसीए धनगढी खेलिरहेका छन् ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend