Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त


५, फागुन २०८१
  • 136
    SHARES
  • सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त

    टोकियो । सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीति, आयात शुल्कलगायतका कारण विश्वको चौथो ठूलो अर्थतन्त्रमा परेको असरप्रति जापानी कम्पनीहरू चिन्तित भइरहेका बेला यो आँकडा आएको हो ।

    सन् २०२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.१ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.५ प्रतिशतभन्दा निकै कम हो । तर अक्टोबर–डिसेम्बरको आँकडा भने उज्वल थियो ।

    जुलाई–सेप्टेम्बरमा ०.४ प्रतिशतबाट अक्टुबर–डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ प्रतिशत कायम भएको थियो । दशकौंको सबैभन्दा भयानक आँधी शक्तिशाली भूकम्पको’ चेतावनीबीच अक्टूबर डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ पुगेको हो ।

    चौथो त्रैमासिकको ०.३ प्रतिशतको वृद्धिको आँकडा पनि बजार अपेक्षाभन्दा दोब्बर भन्दा बढीले कमी हो ।

    मुडिज एनालिटिक्सका स्टेफन एन्ग्रिकले भने, “सतहमा हेर्दा सन् २०२४ को अन्तिम अवधिमा जापानको कुल गार्हस्थ्य उत्पादन वृद्धि एउटा सुधारको सङ्केतजस्तो देखिन्छ ।”

    “जापानको प्रारम्भिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आँकडा निकै कमजोर छ र सुधार हुनु सामान्य कुरा हो तर ठूलो मात्रामा सुधारको आवश्यकता छ,” उनले भने ।

    “अझै पनि हिलोमा फसेको घरेलु अर्थव्यवस्थालाई उत्साहित प्रमुख आँकडाले अर्थतन्त्र संरक्षण गर्ने सङ्केत देखिन्छ । तलब लाभले तीन वर्षसम्म बलियो बनको मुद्रास्फीतिलाई पछाडि पारेको छ,” एन्ग्रिकले भने ।

    उनले भने, “विश्वव्यापी व्यापारको लागि खराब अवस्थालाई ध्यानमा राख्दै, जापानले सन् २०२५ मा आर्थिक वृद्धिको सुस्ततालाई नियन्त्रणमा लिनको लागि निर्यातमा भरोसा गर्न सक्षम हुनेछैन।”

    ट्रम्पले गत हप्ता अप्रिल २ देखि आयातित कारमा कर लगाउने योजना बनाएको बताएका थिए ।

    दैवा इन्स्टिच्युट अफ रिसर्चले जीडीपीको पछिल्लो आँकडा सार्वजनिक गर्नुअघि भनेको छ, “मोटर गाडीको उत्पादन सामान्यीकरणलगायत विभिन्न वृद्धिका कारकहरू देखिएका छन् ।”

    संस्थानले एक रिपोर्टमा भनेको छ, “कर्पोरेसनहरूको तर्फबाट पूँजीगत खर्चको लागि तीव्र चाहना, र आन्तरिक खपतमा पुनरागमन’ पनि सकारात्मक कारकहरू रहेका थिए।”

    गत वर्ष जर्मनीलाई उछिनेर जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको थियो र भारतले यस दशकको अन्त्यतिर दुवै देशलाई उछिनेको अनुमान गरिएको थियो ।

    स्थितिमा आएको परिवर्तनले मुख्यतया डलरको तुलनामा येनमा आएको तीव्र गिरावटलाई प्रतिबिम्बित गरेको विश्लेषकहरूले त्यतिबेला बताएका थिए।

    गत जनवरीमा बैङ्क अफ जापान (बिओजे)ले १७ वर्षपछि पहिलो पटक मार्चमा ब्याजदर वृद्धि गरेको थियो ।

    सन् २००८ यताकै सबैभन्दा बढी ऋण लिने लागत मापन गरिएको यो कदमले ‘निरन्तर’ बढ्दो ज्याला र वित्तीय बजार ‘समग्रमा स्थिर’ हुनुलाई पनि आधार बनाएको बैङ्कले जनाएको छ ।

    हालैका वर्षहरूमा अन्य केन्द्रीय बैङ्कहरूले उधारो लागत बढाएपनि बिओजे भिन्नरूपमा उभिएको थियो ।

    अन्ततः यसले मार्चमा दरलाई शून्यताभन्दा माथि उठायो र यसले जापानको ‘हराएको दशकौँ’ को आर्थिक स्थिरता र स्थिर वा घट्दो मूल्यहरूको सामना गर्न बनाइएको नीतिहरूबाट टाढा जाने सङ्केत दियो।

    क्यापिटल इकोनोमिक्सले सोमबार एक सूचनामा भनेको छ, “जीडीपीको चौथो त्रैमासिकमा भएको उछाल व्यापक नभएपनि यसले हाम्रो विचारलाई समर्थन गर्छ । बैङ्क अफ जापानले यस वर्ष नीतिलाई धेरैले अनुमान गरेभन्दा बढी आक्रामक रूपमा कडा बनाउनेछ।” रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend