Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने


१३, फागुन २०८१
  • 120
    SHARES
  • विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरूलाई पढ्न दिने भएको छ । त्यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ ।

    विविध कारणले विदेशका विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई नेपालमै पढ्न चाहेको खण्डमा क्रेडिट ट्रान्सफरको अवसर दिने भएको हो । त्यही विषयमा छलफल गर्न ओपन हाउस छलफलको आयोजना गरेको हो ।

    विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि विश्वविद्यालयले छलफल गर्न लागेको हो ।

    विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा काठमाडौँ विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्स्फर एवं क्रेडिट सङ्कलन (Credit Accumulation) प्रक्रियामार्फत अध्ययन निरन्तरता सम्बन्धी फागुन १६ गते छलफल गर्न लागेको हो ।

    यसअघि पूर्वाञ्चल विश्वविद्यालयले समेत विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको दमनपछि नेपाली विद्यार्थीहरू नेपाल फर्किरहेका छन् ।

    उनीहरूले तत्काल सोही विश्वविद्यालयमा गएर पढ्न सकिने वातावरण नभएको बताउँदै आएका छन् । विद्यार्थीहरूको उक्त समस्यालाई मध्यनजर गर्दै नेपाली विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरको सुविधा दिन लागेका हुन् ।

    8a14e350-c812-499f-9e1a-0276964a0f32_AWkyLbe285.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend