काठमाडौं । नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना तथा खेलकुद दिवस नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा फाल्गुन १२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष कुँवरले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३४ औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेकी छन् ।
उनले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिन ।
साथै उनले विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गरेकी थिइन् ।