Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित


१३, फागुन २०८१
  • 149
    SHARES
  • युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित

    एजेन्सी - संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ ।

    यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले मतदानमा भाग लिएनन् । अमेरिकाले रुस र युक्रेनबीच युद्ध शुरू भएयता पहिलो पटक युक्रेनको विपक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।

    प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू छन् । तर रुससहित अमेरिका, इजरायल र हङ्गेरीले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

    भारत र चीनले संयुक्त राष्ट्र सङ्घमा यो प्रस्तावमा मतदानमा भाग लिएनन् । युक्रेनसँग रुसको युद्धको तेस्रो वर्षगाँठमा यो प्रस्ताव आएको हो ।

    यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन ।

    ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताएका हुन ।

    ट्रम्पले भने रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि अमेरिकासँगै युरोपेली देशले पनि पहल गर्नुपर्ने बताएका छन । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको जिकिर गरेका छन । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend