Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न


१६, फागुन २०८१
  • 143
    SHARES
  • एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न

    रुपन्देही । रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । गएराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो ।

    निजी क्षेत्रको पहलमा तिलोत्तमामा बनेको क्रिकेट मैदान प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै परीक्षण सम्पन्न गर्ने तयारी भएको प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।

    ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी फ्लडलाइट जडान गरिएको छ । डेढ वर्षअघि मैदान बनाउन शुरू भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मापदण्ड अनुसार आवश्यक कामहरू पूरा गरेको प्रबन्ध निर्देशक कुँवरले बताए । उनका अनुसार भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको छ । प्याराफिट बनाउने काम बाँकी छ ।

    यही फागुन २५ गतेदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुँदैछन् । प्रधानमन्त्री कपका लागि मैदानमा आवश्यक काम भइरहेको छ । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको कुँवरले बताएका छन ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend