Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविरामको अवधि


१८, फागुन २०८१
  • 135
    SHARES
  • इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविरामको अवधि

    एजेन्सी - इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो ।

    हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्तरगत पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो ।

    युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राख्नुभएको थियो । त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहू सहमत हुनुभएको बीबीसीले जनाएको छ ।

    रमजानलगायतका पर्वलाईसमेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍याे । बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ ।

    पहिलो चरणमा हमास लडाकू समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्था थाहा हुन सकेन । हमासले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend