Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्याब्सन बुटवलद्वारा गणित विषयका शिक्षकहरुलाई तालिम


२३, फागुन २०८१
  • 237
    SHARES
  • प्याब्सन बुटवलद्वारा गणित विषयका शिक्षकहरुलाई  तालिम

    बुटवल । प्याब्सन बुटवलको आयोजनामा बुटवलमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका गणित विषयका शिक्षकहरुलाई एक दिवसीय तालिम सम्पन्न भएको छ ।

    बुटवल नगरपालिकाको नगर सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

    माध्यमिक शिक्षा शाखा प्रमुख तथा उप – निर्देशक टिकाराम पन्थी, बाल तथा आधारभूत शाखा प्रमुख कमला चुदाली, शिक्षा शाखा अधिकृत यादवचन्द्र विष्टका साथै शिक्षक संघ रुपन्देहीका उपाध्यक्ष तथा ज्ञानोदय माध्यमिक बिद्यालयका प्राचार्य टीकाराम शर्मा पौडेललगायतको सहभागिता रहेको थियोे । उक्त कार्यक्रम वेदान्त पब्लिकेशनको गणित विषयका लेखक तथा प्रशिक्षक हुकुम दाहालको प्रशिक्षणमा सम्पन्न भएको छ ।

    सो कार्यक्रममा बोल्दै बुटवल नगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल नगरले राख्ने कार्यक्रम प्याब्सन बुटवलले गरेकोमा खुलेर प्रशंसा गरेका थिए ।

    सोही कार्यक्रममा बोल्दै शिक्षक संघ रूपन्देहीका उपाध्यक्ष तथा ज्ञानोदय माध्यमिक बिद्यालयका प्राचार्य टिकाराम शर्मा पौडेलले नगरपालिकाले समेत सामुदायिक तथा संस्थागत विद्यालय सबैलाई एउटै नजरले हेरेको अवस्थामा प्याब्सन बुटवलले पनि सोही अनुसार गरेकोमा सराहना व्यक्त गरेका थिए ।

    यसैगरी उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख तथा उप निर्देशक टिकाराम पन्थी साथै बाल तथा आधारभूत शिक्षा शाखा प्रमुख कमला चुँदालीले आफ्नो मन्तव्य राखेकी थिइन् ।

    प्याब्सन बुटवलका सचिव भुवन अधिकारीको सञ्चालनमा संचालित कार्यक्रममा ६४ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी सामुदायिक विद्यालयको तर्फबाट विष्णु भुसाल तथा संस्थागत विद्यालयको तर्फबाट बिनोद बोहोराले आ -आफ्नो धारणा राखेका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend