काठमाडौं – विदेश अध्ययनको सपना अब झन् सहज हुने भएको छ ।
डेढदशकदेखि विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयसम्म पुर्याउँदै आएको बिबिसी ग्लोबल एजुकेशनले विद्यार्थीको उज्ज्वल भविष्य र अभिभावकको ढुक्क मनको भरपर्दो साथी बनी आफ्नो सेवा विस्तार गर्दै राजधानीको शैक्षिक केन्द्र काठमाडौंको पुतलीसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बुटवलमा स्थापना भएको यो संस्थाले विदेश जान चाहने विधार्थीिहरुका लागि सबै तयारी कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।
अहिलेसम्म विद्यार्थीलाई क्यानडा, अष्ट्रेलिया,निदर्ल्यान, अमेरिका, जापानलगायतका देशमा पठाइसकेको छ।
विद्यार्थी र अभिभावकबीच मार्गदर्शनमा अग्रणीका रूपमा स्थापित बिबिसीले अब राजधानीमै प्रत्यक्ष सेवा उपलब्ध गराउन थालेपछि धेरै विद्यार्थीले आफ्नो सपना पुरा गर्न सहज हुने अपेक्षा गरिएको छ।
बिबिसीले विद्यार्थीहरुलाई केवल विदेश पठाउने मात्र होइन, उनिहरूको यात्रा सुरक्षित, सफल र फलदायी बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
विश्वविद्यालय छनोटदेखि भिसा प्रक्रिया र शुल्क संरचना हुँदै हवाई टिकटसम्म पूर्ण पारदर्शिता र जिम्मेवारीका साथ सेवा दिने भएकाले अभिभावकले पनि सन्तानको भविष्यबारे ढुक्क हुने वातावरण पाएका छन्।
विदेश जानुअघि आवश्यक तयारीमा जोड दिँदै बिबिसीले बुटवलसहित विभिन्न शहरमा निःशुल्क सेमिनार र बिदाई कार्यक्रम आयोजना गर्दै आएको छ। यसले विद्यार्थीलाई –रोजगारीका सम्भावना, अध्ययनमा सम्भावित चुनौती,
करियर निर्माणका व्यावहारिक उपाय बारे स्पष्ट मार्गदर्शन प्रदान गर्दै आएको छ।
बिबिसीले अध्ययनसँगै काम गर्ने अवसरबारे यथार्थपरक जानकारी, भविष्यमा करियर बनाउन सकिने बाटो,समस्या पर्दा तत्काल समाधानका पहल जस्ता सेवाहरू सुनिश्चित गर्दै आएको छ।
विद्यार्थीको सपना र अभिभावकको विश्वास दुवैलाई सुरक्षित गर्ने लक्ष्यसहित अब राजधानीकै मुटु पुतलीसडकको जिफन्ट भवनको साइडमा आइपुगेको छ।