Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरूवात


३१, भदौ २०८२
  • 173
    SHARES
  • साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरूवात

    काठमाण्डौ – घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराउँदै नेपालले साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ ।  नेपालको जितमा दुबै गोल समिर कुमारले गरेका छन् । जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ  ।

    खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५२औं मिनेटमा नेपालले एक गोल गर्याे । नेपालले खेलको अन्तिममा फेरि गोल गर्याे । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य सात देश सहभागी छन् ।

    नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    गएको वर्ष बङ्गलादेशलाई २–० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो । प्रतियोगिताका सबै खेलहरू आउँदो असोज ११ गतेसम्म कोलम्बोको रेसकोर्स रङ्गशालामा हुनेछन् । चार पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend