Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एशिया कप टी–२० क्रिकेटमा अफगानिस्तानमाथि बङ्गलादेशको जीत


१, असोज २०८२
  • 172
    SHARES
  • एशिया कप टी–२० क्रिकेटमा अफगानिस्तानमाथि बङ्गलादेशको जीत

    काठमाण्डाै – एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो । बङ्गलादेशले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा एक सय ४६ रनमा अलआउट भयो ।

    अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ तथा अजमातुल्लाह उमरजाईले ३० रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद, तस्किन अहमद र रिशाद हुसेनले समान दुई विकेट लिए । त्यसअघि दुबईमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५४ रन बनायो । बङ्गलादेशका तान्जिद हसनले ५२ र सैफ हसनले ३० रन बनाए ।

    अफगानिस्तानका राशिद खान र नूर अहमदले समान दुई तथा अजमातुल्लाह उमरजाईले एक विकेट लिए । यो जीतसँगै बङ्गलादेशको सुपर चारमा पुग्ने सम्भावना बलियो बनेको छ भने अब अफगानिस्तानलाई अन्तिम खेलमा नेटरनरेटका आधारमा जित्नैपर्ने दबाब छ ।  

    आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend