Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बार काउन्सिल परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरूको ऐतिहासिक सफलता


३, असोज २०८२
  • 223
    SHARES
  • बार काउन्सिल परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरूको ऐतिहासिक सफलता

    काठमाडौं – यस वर्ष सम्पन्न नेपाल बार काउन्सिलको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयका BALLB का विद्यार्थीहरूले अभूतपूर्व उपलब्धि हासिल गरेका छन्।

    देशभरबाट सहभागी भएका ३१ सय ३५ मध्ये जम्मा ३३.२६% अर्थात १०४३ मात्र विद्यार्थी उत्तीर्ण हुँदा, उक्त विश्वविद्यालयका विद्यार्थीहरूको सफलता दर ७७.८% पुगेको छ।

    पहिलो पटक परीक्षामा सहभागी भएका ४८ जना विद्यार्थीमध्ये ३७ जनाले सफलता हात पारेका छन्, जुन राष्ट्रिय स्तरमा उत्कृष्ट उपलब्धि मानिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलक आचार्यले यो ऐतिहासिक सफलताप्रति हर्ष व्यक्त गर्दै भने, “यस यात्रालाई सम्भव बनाउन अहोरात्र मेहनत गर्ने शिक्षक, कर्मचारी र सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद।

    तपाईहरूको यो सक्रियता, समर्पण र मेहनत आगामी दिनमा पनि निरन्तर जारी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।” उक्त नतिजाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कानुन अध्ययनको क्षेत्रमा अग्रणी संस्थाको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

    विद्यार्थी, अभिभावक र शिक्षकमध्ये पनि यस उपलब्धिलाई गौरवका रूपमा लिइएको छ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend