Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित


इ खबर
१५, असोज २०८२
  • 215
    SHARES
  • वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित

    काठमाण्डौ– युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत गएराति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई हराउदै वेस्टइन्डिजले १० विकेटले जितेको छ । एक सय २३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १२ ओभर २ बलमा विकेट नगुमाइ विजयी भएको हो ।

    वेस्टइन्डिजका लागि ओपनरद्वय अमिर जंगोले ७४ रन र अकिम अगस्टेले ४१ रन बनाए । यूएईको शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय २२ रन बनाएको थियो । 

    नेपालका लागि कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाए । वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।  नेपालले वेस्टइन्डिजलाई सोमवार भएको दोस्रो खेलमा ९० रनले र शनिवार भएको पहिलो खेलमा १९ रनले पराजित गरेको थियो । यससँगै नेपाल र वेस्टइन्डिजविरुद्धको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ मा सकिएको छ । 
     

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend