Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी


१८, असोज २०८२
  • 94
    SHARES
  • मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

    काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।

    सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले उत्कृष्ट ब्याटिङ गरिन्। ३९ बलको सामना गर्दा उनले सम्हालिएर ब्याटिङ गर्दै ३९ रन जोडेकी हुन्। कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्।

    मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

    उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्।मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।

     

    बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो। दोस्रो खेलको जितसँगै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend