Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो


१९, असोज २०८२
  • 164
    SHARES
  • आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

    काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा एक रनमा अविजित रहे ।

    त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले नौ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । ओमानलाई हराउन सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । आईसीसी टी–ट्वान्टी विश्वकपको एशिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा छ ।

    नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर ६ मा छनोट हुनेछ । सुपर ६ को शीर्ष तीन टिमले अर्को वर्ष हुने टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend