Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलद्वारा गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने योजना स्वीकृत


२४, असोज २०८२
  • 164
    SHARES
  • इजरायलद्वारा गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने योजना स्वीकृत

    काठमाण्डौ - इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ । हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    हिजो नै इजिप्टमा इजरायल र हमासबीच सम्झौताको पहिलो चरणमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार पहिलो चरणमा दुबै पक्षले युद्धविराममा सहमति जनाएका छन् । साथै हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमशः रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको खबरमा उल्लेख छ । यसै क्रममा इसरायली सैनिकहरू गाजाको केही भागबाट फिर्ता हुने र दैनिक सयौं ट्रक मानवीय सहायता लिएर गाजा प्रवेश गर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू आउँदो सोमवार वा मङ्गलबारसम्म फर्कने बताउनुभएको छ । ट्रम्पका अनुसार यो सम्झौता अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताको प्रयासबाट सम्भव भएको हो । सम्झौताको कार्यान्वयनका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ समेत इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुनुभएको थियो ।

    इजरायल र हमासबीचको यो प्रारम्भिक सहमति मध्यपूर्वमा स्थायी शान्तिको दिशामा पहिलो ठोस कदमका रूपमा हेरिएको छ । तर आउँदा दिनमा दुबै पक्षले कस्तो व्यवहार देखाउँछन् भन्ने कुराले मात्र सम्झौताले दीर्घकालीन स्थायित्व पाउने कि नपाउने भन्ने विश्लेषण भईरहेका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend