Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निशस्त्रीकरण ‘असम्भव’ सर्त हाे : हमास लडाकु समूह


२६, असोज २०८२
  • 194
    SHARES
  • निशस्त्रीकरण ‘असम्भव’ सर्त हाे : हमास लडाकु समूह

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका अधिकारीले बताएका छन् । 

    प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा भएको र यो सम्झौताको सर्त बन्न नसक्ने ती अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने सङ्केत गर्नुभएको छ ।

    राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरूलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरू हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ ।

    हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरूको रिहाइका लागि सोमवारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारी गर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव सर्त भएको बताएका हुन् । हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलनविन्दुका रूपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend