Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान


२७, असोज २०८२
  • 197
    SHARES
  • गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गर्नुभएको छ । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

    ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुहुनेछ । त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन् ।

    संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा ‘वास्तविक प्रगति’ भएको जनाएको छ । गएको शुक्रवारदेखि खाना पकाउने ग्यास, खाना, औषधि, फलफूल र टेन्ट जस्ता सामग्री गाजामा पठाउन थालिएको छ ।

    इजिप्टको राफाह नाकामा सयौं राहत सामग्रीका ट्रकहरू गाजातर्फ प्रवेशका लागि तयारी अवस्थामा छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल प्रस्थान गर्नुअघि गाजा युद्ध समाप्त भएको समेत बताउनुभएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend