Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग


३१, असोज २०८२
  • 189
    SHARES
  • बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    काठमाण्डाै – बङ्गलादेशमा अभियोजनकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएकोमा मानवताविरुद्धको अपराधको आरोप लगाउँदै अभियोजनकर्ताहरूले ७८ वर्षीया हसिनाविरुद्ध मृत्युदण्डको माग गरेको बीबीसीले जनाएको छ ।

    मानवताविरुद्ध अपराध गरेको अभियोगमा हसिनाको अनुपस्थितिमै उहाँविरुद्ध मुद्दा चलेको छ । सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध ‘घातक हतियारहरू’ प्रयोग गर्न निर्देशन दिनुभएको सुनिन्छ । यद्यपि उहाँले आफूमाथि लागेका अभियोगको खण्डन गर्नुभएको छ ।

    केही हप्ता चलेको प्रदर्शनका क्रममा बाङ्गलादेशमा झन्डै एक हजार चार सय जनाको ज्यान गएको थियो । प्रदर्शनकै कारण १५ वर्षदेखि शक्तिको केन्द्रमा रहनुभएकी शेख हसिना सत्ताच्युत हुनुभएको थियो । उहाँले अहिले भारतमा शरण लिनुभएको छ ।

    सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बाङ्गलादेशमा गएको वर्ष भएको हिंसा अहिलेसम्मकै ठूलो मानिन्छ । हसिनालाई एक हजार चार सय पटक मृत्युदण्ड दिनुपर्ने तर मानवीय रूपमा यो सम्भव नभएकाले कम्तीमा एउटा मृत्युदण्डको माग गरेको बङ्गलादेशका प्रमुख सरकारी वकिल ताजुल इस्लामले बताउनुभएको खबरमा उल्लेख छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend