Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच तेस्रोपटक भेटवार्ता


१, कात्तिक २०८२
  • 89
    SHARES
  • अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच तेस्रोपटक भेटवार्ता

    काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ । हिजो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा भएको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले रुस युक्रेन युद्ध चाँडै समाप्त हुने सङ्केत गर्नुभएको अल जजिराले जनाएको छ । यसका लागि दुवैपक्ष लचिलो हुनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

    राष्ट्रपति ट्रम्पले आउँदो हप्ता हङ्गेरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा जेलेन्स्कीसँग पनि सम्पर्कमा रहने समेत जानकारी गराउनुभयो । तर उहाँले जेलेनस्की र पुटिनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना भने नरहेको बताउनुभएको छ ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि युद्ध अन्त्य हुनेमा आशा व्यक्त गर्नुभयो । उहाँले रुसको युद्धमा भएको क्षति बारे व्याख्या गर्दै गाजामा ट्रम्पले गराएको युद्धविरामलाई सकारात्मक सङ्केतको रूपमा उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

    जेलेन्स्कीको यो भेट ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछिको तेस्रो पटक हो । पहिलो भेटमा ट्रम्पले जेलेन्स्कीलाई कमजोर नेता भन्दै अपमान गर्नुभएको थियो । युक्रेनले अमेरिकासँग टोमहक मिसाइलको माग गरेको थियो, तर ट्रम्पले यो मिसाइल शक्तिशाली भए पनि खतरनाक हुन सक्ने भन्दै यो युक्रेनलाई दिने नदिने बारे औपचारिक घोषणा गर्नुभएन ।

    टोमहक शक्तिशाली हतियार भएकोले यसले ठूलो क्षति निम्त्याउन सक्ने ट्रम्पको भनाइ छ । केहीदिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गर्दै हङ्गेरीमा आउँदो वार्ताका लागि तयारी भएको जानकारी गराउनुभएको थियो ।  

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend