Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह


२, कात्तिक २०८२
  • 216
    SHARES
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

    एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको प्रजातन्त्रलाई बल पुग्ने गरी प्रयास बढाउन आग्रह गरेकी छन्।

    एम्स्टर्डममा एएफपीसँगको अन्तर्वार्तामा तिखानोभ्स्कायाले ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भनिएको वार्ताप्रति अविश्वास प्रकट गर्दै भनेकी छन्, “पुटिन विश्वास गर्न लायक छैनन्।”

    गत महिना बेलारुसले अमेरिकी मध्यस्थतामा ५२ जना राजनीतिक बन्दीलाई रिहा गरेको थियो।

    “पक्कै पनि हामी राष्ट्रपति ट्रम्प र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने यस मानवीय मार्गमा उनको व्यक्तिगत संलग्नताप्रति धेरै आभारी छौं,” तिखानोभ्स्कायाले भनिन्।

    “हाम्रो काम केवल राजनीतिक बन्धकहरूको बारेमा मात्र होइन। यो हाम्रो देशको सम्पूर्ण भविष्यको बारेमा हो र एक लोकतान्त्रिक बेलारुस अमेरिकाको पनि हितमा छ,” उनले थपेकी छन्।

    लुकाशेन्कोको करिब तीन दशकको सत्तालाई राष्ट्रपति चुनावमा सामेल भई चुनौती दिएपछि तिखानोभ्स्काया सन् २०२० मा लिथुआनियामा निर्वासनमा जान बाध्य बनेकी थिइन्।

    तिखानोभ्स्कायाका पति सर्गेई जेलमा परेपछि उहाँ लुकाशेन्कोको विपक्षीे नेताको रूपमा देखा परेकी हुन्।

    युरोपेली समाजवादी नेताहरू भेला भएको एक कार्यक्रममा नेदरल्यान्ड्समा बोल्दै ४३ वर्षीय उनले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले लुकाशेन्को र पुटिन दुवैमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेकी छन्।

    युक्रेन वार्ताका लागि ट्रम्प र पुटिनबीच चाँडै बुडापेस्टमा भेट हुने अपेक्षा गरिएको छ तर तिखानोभ्स्कायाले वार्ताबाट कुनै सफलताको आशा नभएको बताएकी छन्। 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend