Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राेहित र विराटकाे उत्कृष्ट प्रदर्शनमा भारतले अस्ट्रेलियालाई ९ विकेटले हरायो


इ खबर
८, कात्तिक २०८२
  • 246
    SHARES
  • राेहित र विराटकाे उत्कृष्ट प्रदर्शनमा भारतले अस्ट्रेलियालाई ९ विकेटले हरायो

    काठमाण्डाै – तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई  ९ विकेटले हराएको छ ।

    अस्ट्रेलियाले दिएको २ सय ३७ रनको लक्ष्य भारतले ३८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले शतक बनाए । रोहितले १ सय २५ बलमा १ सय २१ रन जोडे । एकदिवसीयमा रोहितको यो ३३औं शतक हो । यस्तै विराट कोहलीले नटआउट ७४ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले १ विकेट लिए ।

    याेसँगै काेहली श्रीलङ्काका कुमार सङ्गाकारालाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीकाे दाेस्राे स्थानमा उक्लिएका छन् । याे सूचीकाे शीर्ष स्थानमा भारतकै सचिन तेन्दुलकर रहेका छन् ।

    यसअघि सिड्नीमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय ३६ रन बनायो । अस्ट्रेलियाका म्याट रेनशाले ५६, कप्तान मिचेल मार्शले ४१ रन बनाए । भारतका हर्षित राणाले ४ विकेट लिए ।

    एकदिवसीय शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । अस्ट्रेलियाले पहिलो खेल ७ विकेट र दोस्रो खेल २ विकेटले जितेको थियो ।

    अब भारत र अस्ट्रेलियाबीच आउँदो बुधवारदेखि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend