Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप क्रिकेट लिग–२ : यूएईसँग नेपाल ५ विकेटले पराजित


१३, कात्तिक २०८२
  • 178
    SHARES
  • विश्वकप क्रिकेट लिग–२ : यूएईसँग नेपाल ५ विकेटले पराजित

    काठमाण्डाै –  विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खला अन्तर्गत नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेटायो ।

    यूएईका आर्यन शर्माले ९८ र विलासी शर्फूले ४५ रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई, करन केसी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

    त्यसअघि यूएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा नेपालले दुई सय ३३ रन बनाएको हो । उनले एक सय नौ रन जोडे । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यूएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद, हैदर अलीले समान एक विकेट लिए ।

    नेपाल लिग–२ मा १८ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा छ । यो श्रृंखलामा नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । लिग–२ को तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ ।

    २४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छ । लिग–२ अन्तर्गत यो श्रृंखलाको आफ्नो तेश्रो खेलमा नेपालले पर्सि शनिवार अमेरिकासँग खेल्नेछ । त्यसपछि बुधबार यूएईसँग नै खेल्नेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend