Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए


१६, कात्तिक २०८२
  • 155
    SHARES
  • केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

    काठमाण्डाै – न्युजिल्यान्डका ब्याटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय विलियमसनले सन् २०११ को अक्टोबरमा डेब्यु गरेदेखि न्युजिल्यान्डका लागि ९३ टी–२० क्रिकेट खेलेका छन् ।

    केन विलियमसनले ९३ खेलमा ३३ दशमलव ४४ को औसतमा १८ अर्धशतकसहित २ हजार ५७५ रन बनाएका छन् । उनले ७५ खेलमा कप्तानी गर्दै सन् २०१६ र २०२२ को टी–२० विश्वकपको सेमिफाइनल तथा २०२१ को फाइनलसम्म पुर्‍याएका थिए ।

    क्रिकेटको सबैभन्दा छोटो फम्र्याटबाट सन्न्यास लिएका विलियमसनले एकदिवसीय र टेस्ट क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

    विलियमसनले सीमित ओभरको क्रिकेटको कप्तानी मिचेल सान्टनरलाई हस्तान्तरण गरिसकेका छन् । यस्तै टी–२० टोलीमा उनको ठाउँमा रचिन रविन्द्रले खेलिरहेका छन् ।

    विलियमसन न्युजिल्यान्डका लागि सबै फम्र्याटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३७३ खेलमा ४८ शतक र १०२ अर्धशतकसहित १९ हजार १०७ रन बनाएका छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend