Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कीर्तिपुरमा साँझपख एनपीएल हेरेर फर्कनेहरुलाई निःशुल्क बसको व्यवस्था


४, मंसिर २०८२
  • 113
    SHARES
  • कीर्तिपुरमा साँझपख एनपीएल हेरेर फर्कनेहरुलाई निःशुल्क बसको व्यवस्था

    काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भैरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बसको व्यवस्था शुरू भएको छ । एनपीएल हेर्ने दर्शकलाई सहज बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा काठमाण्डौ उपत्यकामा निःशुल्क बसको व्यवस्था गरिएको हो ।

    क्यानका अनुसार यो सुविधा एनपीएल हेर्न पुगेका तर गाडी नभएका विशेषगरी महिला, वृद्ध र अशक्तता भएका व्यक्तिले पाउनेछन् । उनीहरुका लागि चार वटा रुट निर्धारण गरी बेलुकी ६ बजेदेखि ८ बजेसम्म बस सेवा सञ्चालन हुनेछ ।

    पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भु हुँदै बालाजु जानेछ । दोस्रो रुट त्रिवि गेट–स्वयम्भु–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ । त्यस्तै तेस्रो रुट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिल पुग्नेछ । चौथो रुट त्रिवि गेट–बल्खु–सानेपा–एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्ने क्यानले जनाएको छ । निःशुल्क बस सुविधा हिजोदेखि शुरू भएको हो ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend