Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उत्तर–पूर्वी जापानमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


२३, मंसिर २०८२
  • 96
    SHARES
  • उत्तर–पूर्वी जापानमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

    काठमाण्डौ – जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

    जापान मौसम एजेन्सीका अनुसार शुरूमा सुनामीको चेतावनी दिए पनि पछि सतर्कता अपनाउन भनिएको छ । स्थानीय समयअनुसार गएराति सवा ११ बजे समुद्र किनारबाट केही टाढा उत्पन्न भएको भूकम्पपछि १० फिटसम्मको सुनामी आउन सक्ने चेतावनी दिएको थियो ।

    सुनामीको चेतावनीपछि झन्डै ९० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । होक्काइदो, आओमोरी र इवाते प्रिफेक्चरका लागि जारी चेतावनीपछि २० सेन्टीमिटरदेखि ७० सेन्टीमिटर उचाइका छालहरू विभिन्न बन्दरगाहहरूमा देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    आज बिहानै चेतावनीलाई परामर्शमा झारिएको र अब छालको उचाइ र क्षतिको जोखिम पहिलेको अनुमानभन्दा कम देखिएको जापानी मौसम एजेन्सीले जनाएको छ । भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरबाट झन्डै ८० किलोमिटर टाढा समुद्रभित्र ५४ किलोमिटर गहिराइमा रहेको खबरमा उल्लेख छ ।

    अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षति नभए पनि केही मानिस घाइते भएको खबरमा उल्लेख छ । पूर्वी जापान रेलवेले केही रेलसेवाहरू स्थगित गरेको छ । यो क्षेत्र सन् २०११ को ९ म्याग्निच्यूडको विनाशकारी भूकम्पबाट पनि प्रभावित ठाउँ हो । त्यो बेला भूकम्प र सुनामीले झन्डै २० हजारको ज्यान गएको थियो ।

    जापान विश्वकै सबैभन्दा धेरै भूकम्प जाने देशहरूमध्ये एक हो, त्यहाँ हरेक पाँच मिनेटमा एउटा भूकम्प मापन हुने गर्छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend