Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै


२, पुस २०८२
  • 90
    SHARES
  • साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

    काठमाण्डौ – साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ ।

    यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् । एपीएफ र इस्ट बङ्गालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै शीर्ष दुईमा रहेर यी दुई टोली फाइनलमा पुगिसकेका हुन् ।

    लिग चरणका तीन खेलमा एपीएफले सात अंक जोड्दा इस्ट बङ्गालले ९ अंक जोडेको छ । आजको खेल जित्ने टोलीले लिगको शीर्ष स्थानमा रहेर उपाधिका लागि खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा नेपाल, भारत, भुटान, बङगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

    साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ देखि काठमाण्डौमा शुरू भएको हो । उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend