Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी


२१, माघ २०८२
  • 77
    SHARES
  • यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

    काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध ७ विकेटको शानदार जित निकालेको छ। आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म-अप खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १०८ रनको साझेदारी गर्दै उत्कृष्ट जित निकालेका हुन्।

    ६ ओभर ५ बलको समाप्तिमा मात्र ४५ रन बनाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दोहोरो रनमा अंक नबनाउँदै आउट भएपछि नेपालको इनिङ सुरुमै धरापमा परेको थियो। कुशल र आशिफले मात्र आठआठ रन बनाएका थिए।

    कुशल आउट भएपछि मैदान पुगेका कप्तान रोहितकुमार पौडेल मात्र १९ बलको सामना गर्दा मात्र १६ रन बनाएर रनआउट भएपछि आरिफ शेख ब्याटिङमा आएका हुन्। त्यत्तिबेला उपकप्तान ऐरी ७ बलमा १० रन बनाएर खेलिरहेका थिए

    सात ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा मात्र ४५ रन बनाएको नेपालको इनिङ ऐरी र शेखले १०८ रनको साझेदारी गर्दै उकासेका हुन। नेपाली क्रिकेटमा मध्यक्रमले गरेको यो महत्त्वपूर्ण साझेदारी हो।

    आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५० रन बनाउँदा नटआउट रहे।

    टस जितेर नेपालले सुरुमा बलिङ गरेपछि यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १८ बल बाँकी हुँदा १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो।

    नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जित दिलाएका हुन्

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए। नेपालका बलरहरू पनि प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

    अब नेपालले दोस्रो वार्म-अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend