Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?


२७, माघ २०८२
  • 139
    SHARES
  • भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

    काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहीलको ग्रेड घटुवा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्वकप्तानद्वय रोहित र विराटनको ग्रेड घटुवा गरेर ए प्लसबाट सिधै ‘ग्रेड बी’मा झारेको हो।
    बीसीसीआईले सोमबार खेलाडीको सेन्ट्रल कन्ट्याक्ट लिस्टबाट दुई पूर्व स्टार खेलाडीको ग्रेड घटुवा गरेको हो।

    बीसीसीआईले यो सिजन ए प्लस ग्रेड नै खारेज गरेपछि रोहित र विराटको ग्रेडमा ठुलो घटुवा भएको हो। अघिल्लो वर्ष ए प्लसमा समेटिएका विराट, रोहितसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजामध्ये बुमराह र जडेजा ग्रेड एमा समेटिँदा रोहित र विराट ग्रेड बीमा पुगेका हुन्।

    भारतको टेस्ट र एक दिवसीय टिमका कप्तान शुभमन गिल भने ग्रेड एमा नै समेटिएका छन्। रोहितको कप्तानी खोसेर गिललाई कप्तान बनाएपछि उनले सीमित खेल मात्र खेल्दै आएका छन्। रोहित र विराटले भारतका लागि अहिले एकदिवसीय क्रिकेट मात्र खेल्दै आएका छन्।

    अघिल्लो सिजन टी–२० विश्वकपको उपाधि उचालेपछि दुवै खेलाडीले टी–२० बाट सन्यास लिएका हुन्। उनीहरु दुवै खेलाडी २०२४ देखि नै टेस्ट क्रिकेटबाट बिदा भएका हुन्। उनीहरुले यत्तिबेला सीमित खेल मात्र खेल्ने भएकाले ग्रेड एक्कैपटक घटुवा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

    नयाँ सम्झौना अनुसार बीसीसीआईले अब भारतको क्रिकेट खेलाडीलाई ग्रेड एबाट हटाएर ए, बी र सीमा मात्र विभाजन गरेको छ। बीसीसीआईका अनुसार अहिले पुरुषतर्फ ३० खेलाडी सम्झौतामा समेटिएका छन्। जसमध्ये तीन खेलाडी ग्रेड एमा समेटिँदा ११ खेलाडी ग्रेड बी र १७ खेलाडी ग्रेड सीमा छन्।
    रमाइलो त के छ भने टी–२० कप्तान सूर्यकुमार यादवसमेत ग्रेड बीमा समेटिएका छन्। ग्रेड एबाट केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्डया, ऋषभ पन्त ग्रेड बीमा पुगेका छन्। ग्रेड परिवर्तन गरे पनि बीसीसीआईले तलब संरचना बारे केही खुलाएको छैन।

    अघिल्लो सिजनमा भने ‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक तलब सात, ‘ए’ले पाँच, बीले तीन र सीले एक करोड पाउने सम्झौता भएको थियो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend