Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?


२९, माघ २०८२
  • 107
    SHARES
  • चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

    काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सूची अनुसार नेपाली टिमका कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिन बलर सन्दीप लामिछानेले टी–२० आईको वरीयतामा सुधार गरेका हुन् ।

    आईसीसीका अनुसार अलराउन्डर दिपेन्द्रले ब्याटिङ र बलिङमा आफूलाई सुधार गरेका छन् । दीपेन्द्रले ब्याटिङतर्फ चार स्थान सुधार गर्दा ७२ औं स्थानमा छन् भने बलिङतर्फ पाँच स्थान सुधार गर्दै ७१ स्थानमा पुग्न सफल भएका छन्। उनको अलराउन्ड वरीयता भने छैटौं स्थानमा यथावत् छ ।

    रोहित पौडेलले ब्याटिङमा आफूलाई तीन स्थान सुधार गरेका छन् । उनी ७५ औं स्थानमा आएका छन् । ओपनर कुशल भुर्तेलले चार स्थान सुधार गर्दै ७७ औं स्थानमा आइपुगेका छन् ।

    बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले १० स्थान सुधार गर्दै ७४ औं स्थानमा आइपुगेका छन् ।

    विश्वकपमा सहभागी नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आज विश्वकपमा पहिलो ऐतिहासिक जितको खोजीमा छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend