Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै


२, फागुन २०८२
  • 96
    SHARES
  • आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

    काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

    आजको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

    आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका दुई खेलमा दुवैले हार बेहोरेका छन् ।

    यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ 

    जारी विश्वकपमा दुई/दुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक/एकमा जित र एक/एकमा पराजय भोगेका छन् । 

    यसैगरी, आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend