Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरान युद्ध : खाडी क्षेत्रमा जोखिम, पश्चिम एशियाभरका व्यावसायिक उडानहरू प्रभावित


१६, फागुन २०८२
  • 111
    SHARES
  • इरान युद्ध : खाडी क्षेत्रमा जोखिम, पश्चिम एशियाभरका व्यावसायिक उडानहरू प्रभावित

    काठमाडौँ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरान र इजरायलसहित मध्यपूर्वी देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका छन् ।

    अमेरिकाले पूर्ण स्तरको युद्ध शुरु भएको घोषणा गरेको र इरानले जवाफी कारबाही गर्दा खाडी क्षेत्र सहित मध्यपूर्वमा रहेका अमेरिकी आधारशिविरलाई लक्षित गरेका कारण ती देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका हुन् ।

    नेपाल सरकारले नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यसैबीच इजरायलले इरानमाथि आक्रमण शुरू गरेपछि खाडी देशहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण शुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि कतार एयरवेजले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।

    कतार एयरवेजले दैनिक तीनवटा उडान दोहा–काठमाण्डौ गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् । यस्तै भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।

    इरानमा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि पश्चिम एशियाभरका व्यावसायिक उडानहरू प्रभावित भएका छन् । धेरै देशका एयरलाइन्सले इरान, इजरायल, यूएई, कतार, ओमान, लेबनान, सिरिया, इराक र जोर्डनतर्फका उडानहरू स्थगित वा रद्द गरेका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend