Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय


१३, चैत २०८२
  • 85
    SHARES
  • इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय

    काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्दै आएको सैन्य आक्रमण थप १० दिनका लागि रोक्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी सरकारको अनुरोध बमोजिम १० दिनका लागि आक्रमणमा रोक लगाएको उल्लेख गर्नुभएको छ । 

    पछिल्लो निर्णयसँगै अमेरिका-इरानबीचको वार्ता चलिरहेको र निकै राम्रो प्रगतिमा रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने चेतावनी दिएको छ ।

    ट्रम्पले हालै भएको मन्त्रिपरिषद् बैठकमा इरानलाई युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्न दबाब दिनुभएको छ । इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी समेत ट्रम्मले दिनुभएको बीबीसीले जनाएको छ । तर इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन् । 

    यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ । यो प्रस्तावमा अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइलहरू सीमित गर्न भनेको थियो ।

    अमेरिकाले इरानलाई पेस गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend