Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने


१६, चैत २०८२
  • 91
    SHARES
  • इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने

    वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा त्याग्नुको विकल्प नरहेको बताएका हुन्। 

    उनले इरानी नेताहरूले परमाणु हतियार त्याग्ने र अमेरिकाले चाहे अनुसारका सबै सर्तहरू मान्ने विश्वास व्यक्त गरे। यदि त्यसो नगरे इरान एउटा देशको रूपमा अस्तित्वमा नरहने र उसको नक्सा नै मेटिन सक्ने ट्रम्पको भनाइ थियो। उनले इरानले परमाणु धुलो अमेरिकालाई बुझाउनुपर्ने र त्यसपछि मात्र इरान फेरि एउटा राम्रो देश बन्न सक्ने बाटो खुल्ने उल्लेख गरे।

    इरानसँगको सम्झौताका बारेमा बोल्दै ट्रम्पले निकै छिटो सकारात्मक नतिजा आउन सक्ने संकेत गरे। उनले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गर्दै अमेरिकाले अहिले पुरानो नभई पूर्ण रूपमा नयाँ समूहसँग वार्ता गरिरहेको बताए। 

    ट्रम्पका अनुसार इरानको पुरानो शासन संयन्त्रका मानिसहरू मारिइसकेका वा समाप्त भइसकेका छन् र अहिलेका नयाँ प्रतिनिधिहरू पहिलेका भन्दा धेरै समझदार देखिएका छन्।

    उनले मोज्ताबा खामेनी जीवितै रहेको हुन सक्ने भए पनि उनी गम्भीर रूपमा घाइते भएको दाबी गरे। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट वार्ता भइरहेको र इरानी पक्षले धेरै कुराहरूमा सहमति जनाइसकेको जानकारी दिए।

    युद्धको रणनीतिबारे चर्चा गर्दै ट्रम्पले इरानमा स्थल सेना उतार्नुको सट्टा अमेरिकासँग अन्य धेरै शक्तिशाली विकल्पहरू रहेको बताए। उनले इरान विरुद्धको सैन्य कारबाही निर्धारित समय तालिका भन्दा धेरै अगाडि रहेको दाबी गरे। 

    ट्रम्पले अमेरिकासँगको वार्तामा इरानले सम्मान स्वरूप स्ट्रेट अफ होर्मुजबाट २० वटा तेल ट्याङ्करहरू जान दिने सहमति जनाएको खुलासा समेत गरे। उनले अमेरिकाले अघि सारेको १५ बुँदे योजनाका अधिकांश बुँदामा इरान सहमत भइसकेको र यो वार्ताको ठुलो सफलता भएको बताए।

    ट्रम्पले वार्ता भइरहँदा पनि इरानका विभिन्न सैन्य लक्ष्यहरूमा बमबारी जारी राखिएको जानकारी दिए। उनले भने, ‘हामी उनीहरूसँग वार्ता पनि गर्छौँ र आवश्यकता परे बम पनि खसाउँछौँ।’ 

    उनले इरानले लामो समयदेखि नदिएका कुराहरू अहिले दिन तयार भएको भन्दै वार्ताको प्रक्रिया अत्यन्तै राम्रोसँग अगाडि बढेको दाबी गरे। इरानसँग सम्झौता हुनेमा आफू निकै विश्वस्त रहेको भए पनि अन्तिममा जे पनि हुन सक्ने सम्भावनालाई उनले नकारेनन्। 

    इरानको वर्तमान अवस्थालाई लिएर ट्रम्पले अब त्यहाँ पहिलेको जस्तो शासन नरहेको र अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गरिरहेको स्पष्ट पारे।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend