Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ


१, वैशाख २०८३
  • 119
    SHARES
  • हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ

    काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको राष्ट्रसङ्घको सामुद्रिक निकायले बताएको छ । 

    अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ)का महासचिव आर्सेनियो डोमिन्गुएजले इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध शुरू भएको ६ हप्तापछि हर्मुज जलमार्ग अवरुद्ध हुनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताउनुभएको एएफपीले जनाएको छ । 

    अमेरिकाले हिजोदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ । यो क्षेत्र अहिले इरानी सेनाले नियन्त्रणमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पार वहनका लागि प्रयोग हुने जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरुद्ध गर्ने अधिकार नरहेको आईएमओ प्रमुखले स्पष्ट पार्नुभएको छ । 

    इरानले आफ्ना सहयोगी देशका जहाजहरूलाई जलमार्ग पार गर्न अनुमति दिइरहेको छ भने केही देशहरूलाई पैसा तिर्नुपर्ने बताएको छ । मध्यपूर्व र विशेष गरी हर्मुज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाज सञ्चालनमा मद्दत गर्न सङ्गठनले पहल शुरू गरेको जनाएको छ । 

    यसैबीच संयुक्त राष्ट्र संघले ‘सबै पक्ष’लाई हर्मुज जलमार्गमा आवागमन स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । राष्ट्र संघका प्रवक्ता स्टेफान दुजारिकले महासचिव एन्टोनियो गुटेरेसको भनाइ उद्धृत गर्दै हर्मुजमा आवागमन स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आह्वान गर्नुभएको अलजजिराले जनाएको छ । 

    वाशिङ्टन र तेहरानबीच इस्लामाबादमा भएका वार्ता असफल भएपछि अमेरिकी सेनाले इरानी समुद्री आवागमनमाथि नाकाबन्दी लागू गरेपछि मध्यपूर्वमा तनाव थप चर्किँदै गएको छ । 

    युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कट बढ्दै गएको  छ भने विश्व अर्थतन्त्र प्रभावित हुने सङ्केत देखिएको छ  ।  

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend