Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकामा अचानक बढे कोरोना संक्रमित


१६, साउन २०८०
  • 127
    SHARES
  • अमेरिकामा अचानक बढे कोरोना संक्रमित

    वासिंगटन डीसी । अमेरिकामा कोरोना भाइरसको महामारीले फेरि एकपटक चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोभिड–१९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ। 

    तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो । जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । 

    गत हप्ता यो संख्या ६ हजार ४ सय ४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ । जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई भने, ‘लगभग छ सात महिनाको निरन्तर गिरावट पछि हामी फेरि वृद्धि देखिरहेका छौं।

    उनले भने, ‘हामीले पछिल्ला केही सातादेखि तथ्यांक बढिरहेको देखेका छौं। र यो हप्ता, लामो समयमा पहिलो पटक हामीले अस्पताल भर्तीको संख्यामा वृद्धि पनि देख्यौँ । यसको कारण गर्मीको अन्त्यतिरको लहरको सुरुआत हुन सक्छ। उनले दक्षिण पश्चिममा केसहरूको वृद्धि उल्लेखनीय रहेको बताए। अझ ठूलो चिन्ताको विषयका बारे उनले भने, ‘एसियामा उत्परिवर्ती सबभेरियन्टहरू देखा पर्दैछन् । तर अमेरिकाका अधिकांश मानिसहरूको लागि यी प्रारम्भिक संकेतहरूले धेरै अर्थ राख्दैनन् । 

    तर अमेरिकामा कोभिड दरहरू अझै पनि ‘ऐतिहासिक कमको नजिक’ छन् ।  उनले भने, ‘देशमा समग्र संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ र सीडीसीले ट्र्याक राख्न थालेदेखि सबैभन्दा कम दरमा छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend