Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘नेपालको विकासका लागि युएसएआइडी महत्वपूर्ण साझेदार’  


१७, साउन २०८०
  • 288
    SHARES
  • ‘नेपालको विकासका लागि युएसएआइडी महत्वपूर्ण साझेदार’  

    युएसएआइडी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग युएसएआइडी नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ ।

    नेपालको पर्यटन प्रवर्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवर्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभयो । 

    नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवर्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ । आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने कौरले बताउनुभयो ।

    अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवर्धन सम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पार्नुभएको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । 

    कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend