Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी


४, जेठ २०८३
  • 96
    SHARES
  • शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो ।

    ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई “गतिरोध” तर्फ धकेल्ने जनाएको छ । इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।

    साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ । अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ ।

    यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए । अप्रिलमा युद्धविराम घोषणा भए पनि बीच–बीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन् ।

    इरानले अझै पनि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यस मार्गबाट विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने भएकाले तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend