Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कङ्गोमा इबोलाको तीव्र प्रकोप: डब्ल्यूएचओले जनायो चिन्ता


५, जेठ २०८३
  • 118
    SHARES
  • कङ्गोमा इबोलाको तीव्र प्रकोप: डब्ल्यूएचओले जनायो चिन्ता

    जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरएको इबोला प्रकोपका कारणले १३१ जनाको मृत्यु भएको बताएका छन् ।

    डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यस अघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरेका थिए । जेनेभामा विश्व स्वास्थ्य सभामा बोल्दै उनले इबोलाको महामारीको परिमाण र गतिको बारेमा चिन्तित रहेकाले आतपकालको घोषण गरेको जनाएका छन् ।

    उनले आवाश्यक सल्लाहका लागि मङ्गलबार पछि एजेन्सीको आपतकालीन समिति बोलाउने बताएका छन् । कङ्गोका स्वास्थ्य मन्त्रीले गत हप्ताको अन्त्यमा घोषणा गरिएको इबोला प्रकोपबाट १३१ जनाको मृत्यु भएको उल्लेख गर्दै ५१३ जना सङ्क्रमित भएको बताएका छन् ।

    कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा अहिले सम्म ३० जना इबोला संक्रमित भएको पुष्टि भएको टेड्रोसले बताएका छन् । युगान्डाले पनि डब्लूएचओलाई राजधानी कम्पालामा दुई जनामा सङ्कमण पुष्टि भएको जानकारी दिएको छ, जस मध्ये एक जनाको मृत्यु भएको डब्लुएचओको वार्षिक बैठकमा बताइएको छ ।

    उनले एक जना अमेरिकी नागरिकमा सङ्कणको रिपोर्ट सकारात्मक पुष्टि भए पछि जर्मनीमा सारिएको अमेरिकाले रिपोर्ट गरेको बताएका छन् ।

    सङ्क्रमणको पुष्टि भएका मामिलाहरूको सङ्ख्या र क्षेत्र बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने बताउदै टेड्रोसले सङ्क्रमण पत्ता लगाउने प्रयोगशाला र परीक्षणलाई सुदृढ पार्नु आवाश्यक रहेको बताएका छन्।

    उनले कम्पाला लगायतका सहरी क्षेत्रहरूका, साथै कङ्गोली सहर गोमामा सङ्क्रमणका घटनाहरू रिपोर्ट गरिएको बताउदै यस क्षेत्रमा उल्लेखनीय जनसङ्ख्याको आवागमन भएको पनि औंल्याएका छन् । इटुरी प्रान्त अत्यधिक सङ्मणबाट असुरक्षित रहेको बताउदै उनले पछिल्लो समयमा बढ्दो द्वन्द्वले यस क्षेत्रमा एक लाख भन्दा बढी मानिसहरूलाई नयाँ विस्थापित भएको बताएका छन् ।

    उनले स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणको कारण मृत्यु भएको रिपोर्ट गरिएको उल्लेख गरेका छन् ।

    टेड्रोसले महामारी बुन्डिबुग्यो स्ट्रेन, “इबोला भाइरसको एक प्रजाति भएको बताउदै यसको लागि कुनै खोप वा उपचार नभएको कारणले उच्च सतर्कता अपनाउनु पर्ने बताएका छन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend