Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि


११, जेठ २०८३
  • 141
    SHARES
  • भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि

    काठमाडौँ । भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको ज्यान गएको छ  । टाईम्स अफ इन्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको ज्यान गएको छ ।

    बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको ज्यान गएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक–एक जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

    त्यहाँको मौसम विभागका अनुसार तेलङ्गानामा अधिकतम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढेको छ । त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरु बेहोस भएर जमिनमा खसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिजोे हल्का वर्षाले केही राहत दिएको छ । अधिकारीहरुले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन् । राजस्थानमा पनि तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कतिपय ठाउँहरुमा विद्यालय बन्द गरिएका छन् ।

    मौसम विभागले विशेषगरी दिल्ली, पञ्जाब, हरियाणा र चण्डीगढमा तापक्रम अझै बढ्ने जनाएको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । विशेषज्ञहरूले भारतका धेरै भागमा अत्यधिक गर्मी र तातो हावाको लहर अझ केही समय चल्न सक्ने चेतावनी दिएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend