Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको ज्यान गयो


२०, जेठ २०८३
  • 69
    SHARES
  • दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको ज्यान गयो

    काठमाण्डाै – भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ । आगलागीमा अरू कैयौँ व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

    मालवीय नगर क्षेत्रमा रहेको ‘फ्लोरिश स्टे’ नामको होटलमा आज बिहान आगलागी भएको हो । होटलको तल रहेको ‘लेमन ग्रीन’ नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन ।

    आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल पुर्‍याइएका ३९ मध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै ज्यान गइसकेको थियो । १५ जना आईसीयूमा उपचाररत छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ ।

    घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले दुःख व्यक्त गरेका छन् । आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलिसकेको छैन । होटलमा प्रायः विदेशी नागरिक पुग्ने गरेका थिए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend