Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेल्जियममा जारी ‘इयू टी-२० बेल्जियम लिग’ मा एन्टवर्प एन्कर्स विजयी


२७, जेठ २०८३
  • 67
    SHARES
  • बेल्जियममा जारी ‘इयू टी-२० बेल्जियम लिग’ मा एन्टवर्प एन्कर्स विजयी

    काठमाडौं । बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा एन्टवर्प एन्कर्सले नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्सलाई ५ विकेटले पराजित गर्दै विजयी भएकाे छ ।

    बेल्जियममा मंगलबार राति भएको खेलमा ब्रुग्सले प्रस्तुत गरेको १ सय ९ रनकाे लक्ष्य पछ्याएको एन्टवर्पका कप्तान मार्टिन गप्टिललाई गुल्सन झाले पहिलो ओभरको दोस्रो बलमै पेभिलियनको बाटो देखाएका हुन् ।

    गुल्सनले धारिलो बलिङ गर्दै टोलीलाई महत्त्वपूर्ण सफलता दिलाएका छन् । टोली पराजित भए पनि नेपाली अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    अर्का नेपाली स्टार दीपेन्द्रसिंह ऐरीले पनि बलिङ र फिल्डिङमा आफ्नो प्रभाव छोडेका छन् । उनले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा म्याक्स छुलाई व्यक्तिगत १ रनमा आउट गर्दै २ विकेट लिएका थिए।

    बलिङबाहेक फिल्डिङमा समेत चमक देखाएका दीपेन्द्रले मिड–विकेट क्षेत्रबाट सिधा थ्रो गर्दै लुब्बेलाई शानदार रनआउट गरेका छन् । उनको यो उत्कृष्ट फिल्डिङको खेलका क्रममा कमेन्टेटरहरूले समेत खुलेर प्रशंसा गरेका थिए ।

    तर, ब्याटिङतर्फ भने नेपाली खेलाडीको प्रदर्शन फिक्का रह्यो । दीपेन्द्र खेलको दोस्रो बलमै मात्र १ रन बनाएर आउट हुन पुगे भने गुल्सन ९ बलमा ९ रन बनाएर आउट भएका थिए । हारसँगै प्रतियोगितामा चार खेल खेलेको ब्रुग्सले दुई जित र दुई हारसहित ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा चित्त बुझाएको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend