Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानमाथि अमेरिकी सैन्य आक्रमण, हेलिकप्टर खसालेको आरोपपछि ट्रम्पको कडा प्रतिक्रिया


२७, जेठ २०८३
  • 72
    SHARES
  • इरानमाथि अमेरिकी सैन्य आक्रमण, हेलिकप्टर खसालेको आरोपपछि ट्रम्पको कडा प्रतिक्रिया

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकी सेना अन्तर्गतको एएच–६४ अपाचे हेलिकप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानमाथि सैन्य आक्रमण सुरु गरेको जनाएको छ।

    अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले इरानका विभिन्न सैन्य तथा रक्षा संरचनालाई लक्षित गर्दै ‘समानुपातिक प्रतिकारात्मक कारबाही’ थालेको हो।

    अमेरिकी अधिकारीहरूका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा गस्तीका क्रममा रहेको अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। ट्रम्पले इरानले हेलिकप्टर खसालेको दाबी गरेका छन् भने सेन्टकमले दुई चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको जनाएको छ। उद्धार कार्यमा पहिलोपटक मानवरहित समुद्री ड्रोन प्रयोग गरिएको बताइएको छ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत दुवै पाइलट सकुशल रहेको जानकारी दिँदै उक्त घटनाको जवाफ दिनु अमेरिकाका लागि आवश्यक भएको बताएका छन्। उनले इरानको कार्यलाई अस्वीकार्य भन्दै सैन्य प्रतिक्रिया अपरिहार्य बनेको उल्लेख गरेका छन्।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी आक्रमण मुख्य रूपमा इरानका राडार, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य निगरानी संरचनामा केन्द्रित रहेको छ। इरानका तटीय क्षेत्रहरूमा विस्फोटका आवाज सुनिएको र केही स्थानमा क्षतिको विवरण सार्वजनिक भएको बताइएको छ।

    यद्यपि, इरानले हेलिकप्टर जानाजानी खसालेको दाबी अस्वीकार गरेको छ। इरानी अधिकारीहरूले घटनाबारे फरक व्याख्या प्रस्तुत गर्दै अमेरिकाले सैन्य कारबाहीको बहाना खोजेको आरोप लगाएका छन्। इरानका विदेशमन्त्री अब्बास अराघची ले कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएका छन्।

    यो तनाव यस्तो समयमा बढेको हो, जब अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा, प्रतिबन्ध तथा स्ट्रेट अफ होर्मुजको अवस्थाबारे कूटनीतिक वार्ता जारी रहेको थियो। पछिल्ला केही दिनयता इरान, अमेरिका र इजरायल बीचको तनावले मध्यपूर्वमा पुनः व्यापक द्वन्द्वको जोखिम बढाएको विश्लेषण गरिएको छ।

    स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिन्छ। यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय तेल बजार, क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend