Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्रान्स र नर्वे फिफा विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश


१७, असार २०८३
  • 77
    SHARES
  • फ्रान्स र नर्वे फिफा विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश

    काठमाडाैं । फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।

    बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलले पराजित गरेकाे हाे । फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरेका थिए । एमबाप्पेले ४५औँ र ७४औँ मिनेटमा तथा ब्राडली बार्कोलाले खेलको ५३औँ मिनेटमा गोल गरेका हुन् ।

    साथै यसअघि मंगलबार राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गाेलले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले गोल गरेका थिए । खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाएका हुन्।

    यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

    यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका हुन् । विश्वकपमा कूल १८ गोलसहित उनी मेस्सी भन्दा एक गोलले मात्र पछाडि छन् ।

    अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । विश्वकपमा अहिले बिहान पौने ८ बजेदेखि मेक्सिको र इक्वेडरबीच प्रतिस्पर्धा जारी रहेकाे छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend